१५ वर्षीया बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले महाभारत गाउँपालिका–३ ठाडेका २० वर्षीय विशाल विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गर्यो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।
पीडितका आफन्तले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते धुलिखेल अस्पतालमा गरिएको छ ।