INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैदको सजाय

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रिपुरासुन्दरी गाउँपालिका-१ का २१ वर्षीय सुभाष भन्ने सुवेश जिरेललाई  फागन २४ गते जिल्ला अदातलले २५ वर्षको कैद सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत  २२ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७९ चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुर गरेको थियो ।

आरोपितलाई ०७९ चैत २४ गते प्रहरीले गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ चैत २३ गते चौतारा अस्पतालमा गरिएएको थियो ।

 

अन्य

भिडियो