INSEC Online

📅 २०८३ श्रावण ६

बाल यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिम जिल्ला रामग्राम नगरपालिका८ महेशपुरका २१ वर्षीय राजाराम चमारलाई फागुन १९ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १५ गते विद्यालय जानेक्रममा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले फागुन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते भीम अस्पताल भैरहवामा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो