INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा–२ का २० वर्षीय विकाश थारुलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १९ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशलसिंह ठकुरीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १९ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

अन्य

भिडियो