INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना फरार कसुरदार गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतबाट कसुर ठहर भएपछि फरार भएका इनरूवा नगरपालिका-७ का चाँदबेलाका २४ वर्षीय रञ्जीत ऋषिदेवलाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७९ मङ्सिर २ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको ०८० असोज १२ गतेको इजलासले ८ वर्ष ६ महिना कैद सजाय तोकेपछि फरार भएका कसुरदारलाई दुहवी नगरपालिका-८ सोनापुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो ।

गिरफ्तारीमा परेका कसुरदारलाई अदालतमा हाजिर गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ मङ्सिर ३ गते गरिएको थियो ।

अन्य

भिडियो