खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ स्थायी घर भइ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोल बस्दै आएकी १५ वर्षीया बालिका ज्ञानुमती राईको अज्ञात पक्षले फागुन २१ गते राति हत्या गरेको प्रहरीले जनाएको छ ।
मामाको छोरा दाजुको घरमा बसी पञ्चायत उच्च माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत बालिकाको फागुन २१ गते अज्ञात पक्षले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुकुरी प्रहारबाट बालिकाको हत्या गरिएको र अहिले तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।
घटनाको सूचना स्थानीयले फागुन २१ गते राति १० बजे प्रहरीलाई दिएपछि घटनास्थलमा सुरक्षाकर्मी तैनाथी गरिएको छ ।