INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको अवस्थाबारे सरोकारवालासँग छलफल

इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दुर्गा थापा र प्रलेख अधिकृत पुरन प्रसाद चौधरीको टोलीले  मानव अधिकारको अवस्थाबारे फागुन १८ गते जिल्ला स्थित सरोकारवालासँग छलफल सम्पन्न गरेकाे छ ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका डिएसपी र नारायण नगरपालिकाका नगर प्रमुख सँग छलफल भएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा अहिले लैंगिक हिंसा र बालविवाहको घटना बढिरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले बालविवाह न्युनीकरणका लागि विद्यालयमा सचेतना कार्यक्रम गदै आइरहेको जानकारी दिनुभयो । न्युनीकरणका लागि नागरिक समाज संस्थाहरुको सहकार्यता जरुरी रहेको औल्याउनुभयो । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाको अभिलेखीकरण सँगै मानव अधिकार संरक्षण तथा प्रवर्धनमा विशेष जोड दिन उहाँले सुझाव दिनुभयो ।

यसै गरी, जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाको इन्सेकले  गरेकाे अभिलेखीकरण कार्यको प्रशंसा गर्नु भयो ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बालविवाह रोकथाममा प्रमुख चुनौती रहेको बताउनुभयाे । बालविवाह रोकथाममा इन्सेकको सहयोगका निम्ति आग्रह गर्नुभयो ।

‘बालबालिकाहरु आफूखुशी विवाह गर्छन्, अभिभावकहरु मौन सहमति दिन्छन् । यस्तो अवस्थामा बालविवाह रोकथामका लागि बालबालिकालाई शिक्षामा लगनशील बनाउने लगायत बालबालिका माथि बढ्दो बलात्कार र यौन दुर्व्यवहार घटनाबाट जोगिने आत्मरक्षाको अभियान इन्सेकले चलाइदेओस्’  नगरप्रमुख शर्माले भन्नुभयो ।

छलफल सँगै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्साल र नारायण नगरपालिकाका नगरप्रमुख लोमन शमालाई इन्सेकले प्रकाशन गरेकाे नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गरेको थियो ।

Photo20240302Dailekh (4)

Photo20240302Dailekh (2)

Photo20240302Dailekh (3)

Photo20240302Dailekh (1)

अन्य

भिडियो