INSEC Online

📅 २०८३ जेष्ठ २१

दुधको भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसानद्वारा विरोध

दुधको भुक्तानी माग गर्दै फागुन १७ गते काभ्रेका किसानले विरोधस्वरूप सडकमै दुध बाँडेका छन् । बनेपा चारदोबाटोमा आधा घण्टा चक्काजाम गर्दै किसानले सडक किनारमै दुध उमालेर गिलासमा बाँडेका थिए ।

गुणस्तरीय दुध बिक्रीमा समस्या भएको र समयमै दुधको भुक्तानी नपाएको भन्दै काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी सªघ लिमिटेड र विभिन्न राजनीतिक दलको संयुक्त आयोजनामा आधा घण्टा अरनिको राजमार्ग चक्का जाम गरिएको हो ।

केही दिनअघि काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्ला प्रशासन कार्यालयमा दुधको भुक्तानी माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै कृषक आन्दोलित भएका हुन् ।

विगत ६ महिनादेखी काभ्रेका किसानले ५० करोड रुपैयाँभन्दा बढी दुधको भुक्तानी पाएका छैनन् । ६ अर्बभन्दा बढी बक्यौता नपाएका देशभरका दुग्ध किसान २१ फागुनपछि काठमाडौं आएर राजधानी केन्द्रित आन्दोलन गर्ने तयारीमा रहेको दुध उत्पादक सङ्घले जनाएको छ

अन्य

भिडियो