INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ स्थित शाक्तिनगर मुक्त कमैया शिवरका ६० वर्षीय आशाराम चौधरीलाई ०८० फागुन १७ गते गिरफ्तार गरेको छ ।

सुस्तमनस्थिति भएकी बालिकालाई फागुन १६ गते आरोपितले नजिकैको जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितका भाइले गाउँमा जानकारी गरेपछि बालिकाको घटनास्थलबाट उद्धार गरिएको स्थानीय सीता चौधरीले बताउनु भयो ।

पीडितका आमाबुवा पनि मानसिक रुपमा असक्त भएका कारण आफूहरुले नै घटनाका बारेमा ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएर पीडित पक्षलाई सहयोग गरेको स्थानीय चौधरीले बताउनु भयो ।

पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई फागुन १७ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी विश्वराज अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।

अन्य

भिडियो