पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालका–९ बंग्राकटानका २४ वर्षीय दिपक पार्कीलाई ०८० फागुन १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १४ गते पैसाको प्रलोभन देखाई घर भन्दा टाँढा खेतमा लगेर यौन दुर्व्यवहार गरेको र यौन दुर्व्यवहार गरिसकेपछि बालिकालाई पैसा नदिएका कारण बालिकाले घटनाका बारेमा जानकारी दिएको पीडितकी हजुरआमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले फागुन १५ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितकी हजुरआमाले बताउनु भयो ।