१६ वर्षीया बालिकालाई बलात्कार गरेका कसुर ठहर गर्दै जिल्ला अदालतले तुलसीपुर उपमनपा–८ का ३० वर्षीय खिमबहादुर बस्नेतलाई आठ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लोकबहादुर हमालको इजलासले फागुन १४ गते बस्नेतलाई दोषी ठहर गर्दै आठ वर्ष कैद, ३ लाख रूपियाँ जरिबाना, पीडितलाई ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने र १३ हजार रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला भएको अदालतका स्रेस्तेदार दामोदर घिमिरले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०८० साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण साउन २० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई साउन २० गते घरबाट गिरफ्तार गरी भदौ १३ गते जवरजस्तीकरणी सम्वन्धी मुद्दा चलाएको थियो ।