देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि फागुन १४ गते नेपाली कांग्रेस र राप्रपा समर्थक जनप्रतिनिधि र कार्यकर्ताहरूले दुर्व्यवहार गरेर कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
कांग्रेस र राप्रपाका जनप्रतिनिधि सहित आएका कार्यकर्ताहरुले प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन प्रयास गर्ने र सुरक्षाकर्मीहरूले त्यसलाई रोक्ने क्रममा केही बेर तनाव भएको हो ।
कार्यकर्ता सहित नगरपालिका पुगेका कार्यकर्ताहरुले पुस १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरूमाथि सहमति नजुटेपछि १२ नम्बर वडाका वडाध्यक्ष मध्ये सात वटा वडाका वडाध्यक्षहरू र एक जना कार्यपालिका सदस्य सहित पाँच जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएकोले आफूहरूले यस्तो कदम चालेको बताएका छन् ।
देवदह नपा–१० का वडा अध्यक्ष एकबहादुर विकले पुस १७ गतेदेखि कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरूलाई बाइपास गरेर नगरप्रमुख ध्रुब खरेल, उपप्रमुख बिद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले मनोमानी ढंगले निर्णय गरेकाले नगरपालिकाका कार्यक्रमहरू बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको फोन मार्फत बताउनु भयो ।
तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरूले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानी गरिएको आरोप छ । विज्ञप्तिमा नगर प्रमख कोषदेखि आफ्नो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकासा गरिएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रयाक्टर, जेसिभि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा विना राजश्व छाडिएको लगायतका आरोप लगाएका छन् ।
देवदह नपाका प्रवक्ता गणेश डुम्रेका अनुसार नगरकार्यकालिकाको १ सय ५८ ओटा बैठकसम्म आइपुग्दा छलफल र संवादबाटै सर्वसहमत गर्दे आएकोमा एउटा बैठकमा केही विषयमा असहमती भएको छलफल र संवादका लागि नआई प्रशासनिक कार्यलाई निस्तेजित र हतोत्साहित पार्ने उद्देश्य यस्ता गतिविधि गरेको बताउनु भयो ।