INSEC Online

📅 २०८३ जेष्ठ २१

वैवाहिक बलात्कार घटनाको उजुरी दर्ता

२२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको भन्दै पीडितका २८ वर्षीय पति विरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले ०८० फागुन १० गते उजुरी दर्ता गरेको छ ।

पीडितको माइतघर पुगेका आरोपितले पुस १६ गते राति इच्छा विपरित बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन ३ गते उजुरी दिनुभएको थियो । पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन ३ गते स्वास्थ्य परीक्षण भयो । आरोपित गिरफ्तार भएका छैनन् । आरोपित विरुद्ध अदालतबाट फागुन १० गते पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र यादवले बताउनु भयो ।

अन्य

भिडियो