INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका-११ कुविर्ता चोककी ४६ वर्षीया नमश्वरी राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा दीपक राईलाई गिरफ्तार गरेको छ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०८० फागुन ७ गते आमाको कुटपिट गरी हत्या गरेको सूचना स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गरेको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा फागुन ८ गते गरी सोही पीडित पक्षले शव बुझी सद्गत गरेको छ।

अन्य

भिडियो