इशनाथ नगरपालिकामा ०८० फागुन ३ गते सरस्वतीकाे मूर्ति बिसर्जनकाे क्रममा दुई पक्षबीच भएकाे झडपका कारण जिल्ला प्रशासन कार्यालय रौहतहटले फागुन ५ गते साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे छ ।
इशनाथ नगरपालिका–६ र ७ मा फागुन ३ गते सरस्वती मूर्ति बिसर्जनकाे क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद भई झडप भएकाे विषयमा फागुन ५ गते घिउरा भन्ने ठाउँमा पुनः झडपकाे स्थिति उत्पन्न भएकोले सर्वसाधारणकाे सुरक्षामा पर्न सक्ने सम्भावित जाेखिम एवम शान्ति भंग हुन जाने स्थित देखिएकाेले जिल्ला प्रशासन कार्यालय रौहतहटले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे ।
साथै इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु आदेश जारी रहेकाे र साे क्षेत्रमा आवतजावत गर्न, भेला हुन, हिँडडुल गर्न, जुलुस तथा र्याली गर्न एवम कुनै प्रकारकाे उच्छृङ्खल गतिविधि गर्न नपाउने भनी जारी आदेशमा उल्लेख गरिएकाे छ ।