INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पञ्चपुरी नपा– ९ घर भई वडा प्रहरी कार्यालय, घोराही दाङमा कार्यरत २६ वर्षीया प्रहरी जवान धनमाया थापा मगरको हत्या गरेको आरोपमा  प्रहरीले प्यूठान जिल्ला नौबहिनी गाउँपालिका–४  घर भई  कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपालगञ्जमा कार्यरत ३५ वर्षीय सहायक हबल्दार यामबहादुर झाँक्रीलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई घोराही उमनपा–१४ दामोदर चोकमा डिउटिमा  रहेहकी पत्नीमाथि फागुन ३ गते राती पति यामबहादुरले तीन राउण्ड गोली प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।

घाइते थापाको उपचारको क्रममा फागुन ३ गते राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान, घोराहीमा मृत्यु भएको  थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले गोली प्रहार गरी भाग्दै गरेका आरोपितलाई लमही नपा–६ अर्जुनखोलाबाट एक थान लोडेड पेस्तोल, एक थान म्याग्जिन, सात राउण्ड गोली र भे १२ प ११५० नम्बरको मोटरसाइकलसहित गिरफ्तार गरि अनुसन्धान थालिएको बताउनु भयो ।

शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र आफन्त आएपछि पोष्टमार्टम गरिने डिएसपी मल्लले बताउनु भयो ।

अन्य

भिडियो