INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–३ का ३२ वर्षीय मानबहादुर मोक्तान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० माघ २९ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले अन्तिक पटक कात्तिक ८ गते दिउँसो रोशी गाउँपालिका–४ महादेबटारको बारीमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते धुलिखेल अस्पतालमा भयो । घटनाका आरोपित फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राज कुमार श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो