धनुषाधाम नगरपालिका—५ प्रेमनगर का ४२ वर्षीय नरेश मण्डलमाथि अमानवीय व्यवहार गरेकाे आराेपमा पिपरा गाँउपालिका—६ का ४५ वर्षीय राम कुमार शर्मालाई ०८० माघ २४ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले गिरफ्तार गरेकाे छ ।
आराेपित र पीडितबीचकाे आर्थीक लेनदेन तथा पीडितले आराेपितसँग व्याजमा लिएकाे रकम समयमा नतिरेकाे भन्ने विषयमा माघ २३ गते विवाद भएकाे र साेही क्रममा आराेपितले आफूलाई आफ्नाे घरमा रहेकाे सिमेन्टको पोलमा बाँधि अमानवीय व्यवहार गरेको पीडितले बताउनु भयाे ।
पीडितले आराेपित विरुद्ध माघ २४ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीमा दिएकाे उजुरीकाे आधारमा आरोपितलाई गिरफ्तार गरी साेही दिन जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गराइ घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्षपेक्टर महेन्द्र खड्काले जानकारी दिनु भयाे ।