२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लरानी गाउँपालिका–४ स्थायी घरभई बुटवल उपमनपा–९ बस्ने २७ वर्षीय आश्रित श्रेष्ठलाई माघ २३ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले माघ २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी बिजयराज पण्डितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २४ गते भीम अस्पताल, भैरहवामा गरिएको थियो ।