INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालक र तुलसीपुर   उपमनपा–१२ का २१ वर्षीय अशोक चौधरीलाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले प्रलोभन देखाएर माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २१ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर नबचन्द्र मल्लले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २१ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो