१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८० माघ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८० कात्तिक ९ गते पीडितको घरमै गएर बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।
आफूलाई विवाह गर्छु भन्दै पटक पटक बलात्कार गरेको पीडित बालिकाको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते धुलिखेल अस्पतालमा भयो ।
आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिइएको डिएसपी श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।