१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–११, कातर्जे निवासी २२ वर्षीय गुणराज श्रेष्ठलाई प्रहरीले ०८० माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० साउन १६ गते दिउँसो लुगा सिलाउन गएको अवस्थामा बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताउनु भयो ।
पीडित बालिका बिरामी भएर पुस २७ गते धुलिखेल अस्पतालमा उपचार गर्न आउँदा बालिकाको पेटमा सात महिनाको बच्चा रहेको थाहा पाएपछि परिवारलाई घटनाको विषयमा थाहा भएको पीडितको भनाई छ ।
आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिइएको डिएसपी श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।