तुलसीपुर उपमनपा–४ की ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले पति ४३ वर्षीय पेण्डुवा चौधरीलाई माघ ७ गते गिरफ्तार गरेको छ ।
घरयासी विवादमा आरोपितले मादक पदार्थ सेवन गरी फलामको रड प्रहार गरी माघ ७ गते हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम माघ ७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएपछि परिवारले बुझेर सतगत गरेको प्रहरीले जनायो ।