१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय नातेदारलाई माघ ९ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको र बलात्कारका कारण गर्भ रहेको भन्दै अभिभावकको सहयोगमा माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ८ गते भीम अस्पताल भैरहवामा गरिएको छ पीडितको गर्भमा सात महिनाको गर्भ रहेको अस्पतालले जनायो ।