१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-४ का २४ वर्षीय युवराज कार्कीलाई भदौ १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।