INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुभकालिका गाउँपालिका–६ का २६ वर्षीय खगेन्द्र बिकलाई माघ १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई घर नजिकैको खोलामा लगेर माघ ७ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले आरोपितविरूद्ध माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।

घटनाकाे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १० गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो