INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका–१० का २६ वर्षीय मुकेश कुमार यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० माघ १० गते पीडित पक्षले उजुरी दिनु भयो ।

पीडितलाई आरोपितले पुस २६ गते पीडितकै घरको पछाडि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

घटनापछि आरोपित यादव फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो