INSEC Online

📅 २०८३ जेष्ठ २१

विमानस्थलका अध्यागमन कर्मचारीलाई कुटपिट घटनाबारे गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० माघ १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटपिट गरेको घटनाबारे छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा विवाद हुँदा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र सोही कार्यालयका अधिकृत छायाँलाल मोक्तानमाथि माघ १२ गते कुटपिट गरेको आरोप छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानबिन समितिलाई उक्त घटनाबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न तीन दिनको समय तोकिएको छ ।

अन्य

भिडियो