१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–५ बडुवा बस्ने २१ वर्षीय प्रदेशी वरईलाई माघ ७ गते मायादेवीबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोह प्रसाद भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ७ गते भीम अस्पताल भैरहवामा गरिएको थियो ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत शिवपति नगर स्थायी घरभई सिद्धार्थनगर नपा–८ बस्ने १६ बर्षीय बालकलाई माघ ७ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण माघ ५ गते भीम अस्पताल भैरहवामा गरिएको गरिएको थियो ।
यसैगरी, २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृति नपा–११ गेनवरियाका २३ वर्षीय अस्थाव धोवीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ ७ गते उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर १ गते बलात्कार गरेको भन्दै पीडितले माघ ७ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारवाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ६ गते भीम अस्पताल भैरहवामा गरिएको थियो ।