INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५९ वर्षीय जेठाजुलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० पुस १८ गते घरमा बसेको अवस्थामा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले पुस २७ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी निरञ्जन भट्टराइले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २७ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा भयो ।

अन्य

भिडियो