INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा निर्वाचन २०८०–सुदूरपश्चिम प्रदेशमा मतदान सुरु (फोटो फिचर)

राष्ट्रियसभा निर्वाचन २०८० को लागि निर्वाचन आचारसंहिता भित्रै रहेर शान्तिपूर्ण रुपमा माघ ११ गते सुदूरपश्चिम प्रदेश सभाको परिसरमा विहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना नभएका र शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देवेन्द्र पालले बताउनु भयो ।

photo20240125kailali (16)

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १ सय ७५ जना र प्रदेश सभा सदस्य ५२ जना गरी २ सय २८ जनाले मतदान गर्ने भएका छन् ।

प्रमुख उपप्रमुखहरुको र प्रदेश सभा सदस्यहरुको लागि छुुट्टा छुट्टै मतदान केन्द्र तोकिएको र मतदानको समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अधिकृत प्रेमराज भट्टले बताउनु भयो ।

photo20240125kailali (1)

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठवन्धनको ४ हजार ४ सय ५७ मतभार रहेको छ भने एमालेको १ हजार ४ सय ८० गरी ६ हजार १ सय मतभार रहेको छ ।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट तीन रिक्त पदका लागि तीन राजनीतिक दलका ६ जना उम्मेदवार रहनु भएको छ ।

नेपाली कांगे्रसबाट बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट नारायणदत्त भट्ट, सत्ता गठबन्धन महिला तर्फ नेकपा माओवादी केन्द्रबाट रेनु चन्द, नेकपा एमालेबाट इश्वरीप्रसाद  खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्ग तथा  अल्पसङ्ख्यक कलस्टरबाट रामचन्द्र जोशी उम्मेदवार रहनु भएको छ ।

photo20240125kailali (2)

photo20240125kailali (3)

photo20240125kailali (4)

photo20240125kailali (5)

photo20240125kailali (6)

photo20240125kailali (9)

photo20240125kailali (12)

photo20240125kailali (13)

photo20240125kailali (14)

photo20240125kailali (16)

photo20240125kailali (17)

photo20240125kailali (18)

अन्य

भिडियो