INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-६ का २० वर्षीय विशाल नेपालीलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १३ गते पीडितकै घरमा गएर बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २० गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।

अन्य

भिडियो