१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका-६ का ३८ वर्षीय गोपाल नेपालीलाई प्रहरीले ०८० माघ ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ ६ गते पीडितकै घरमा गएर बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २२ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा भयो ।