INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया र १७ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-१२, जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालिका ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले ०८० माघ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरूलाई आरोपितले विगत तीन वर्षदेखि आर्थिक प्रलोभनमा पारी ‍जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा माघ ७ गते मौखिक उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पगेनीले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले बालिकाहरूलाई उद्धार गरेको छ । एसपी पगेनीका अनुसार उद्धार गरेका बालिकाहरूलाई प्रहरीले सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडितहरूको स्वास्थ्य परीक्षण माघ ८ गते थापाथलीस्थित प्रसुति गृहमा भयो । आरोपितलाई माघ ८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको एसपी पगेनीले जानकारी दिनुभयो ।

अन्य

भिडियो