INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२२ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर देहव्यपारमा लगाएको आरोपमा प्रहरीले पीडित पक्षले  लुम्बिनी साँस्कृतिक नगरपालिका–९ पिपराका ३५ वर्षीय इनामुल्लाह मुसलमान विरूद्ध पुस २९ गते उजुरी दर्ता गरेका छन् ।

आरोपितले ०८० पुस २४ गते पीडितलाई मानव बेचबिखन गरेको आरोपमा पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।

उजुरीको आधारमा कारवाही अगाडि बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले फोन मार्फत बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २४ गते नै भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।

 

अन्य

भिडियो