INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा ढाकुडाँडाका २८ वर्षीया खिमा कवरको हत्या गरेको आरोपमा २२ वर्षीय पति मोहन पुनलाई प्रहरीले माघ ८ गते घर नजिकैको जंगलबाट गिरफ्तार गरेको छ ।

आराेपितले मङ्सिर १० गते विहे गर्ने भनेर घरमा ल्याएको र परम्परा अनुसार विहे नभएपनि एउटै घरमा बस्दै आएका थिए । आफसी झगडा हुदाँ आरोपितले माघ ७ गते दाउरा प्रहार गरेर पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान र किटानी उजुरी दर्ताको प्रक्रियामा रहेको इन्स्पेक्टर धमलाले बताउनुभयो ।

अन्य

भिडियो