INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सखुवानन्कारकट्टी गाउँपालिका–४ की ३० वर्षीया तंजिला खातुनलाई हत्या गरेको आरोपमा उनका देवर ३० वर्षीय मोहमद जियाउल मियाँलाई इलाका प्रहरी कार्यालय लहानले ०८० माघ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले खातुनलाई माघ ८ गते घरायसी विवादका कारण बञ्चराे प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा माघ ८ गते कारबाहीकाे लागि उजुरी दिएको मृतककी आमाले बताउनु भयो । शवको पोष्टमार्टम लहान स्थित प्रादेशिक अस्पतालमा माघ ८ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले घटनाका जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको बताउनु भयो ।

अन्य

भिडियो