INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रसूती सेवा लिन आउनु भएको बुढिनन्दा नगरपालिका–१ की २९ वर्षीया संम्झना खत्री र सोही ठाउँकी २५ वर्षीया सरस्वती बिष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव भएपछि सुर्खेत पठाइएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहीले बताउनु भयो ।

अप्रेसन गरेर बच्चा जन्माउनु पर्ने भएकाले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अप्रेसनका लागि जनशक्ति हुँदा पनि अक्सीजन नहुँदा राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत ०८० माघ ५ गते सुर्खेत पठाइएको स्वास्थ्य संयोजक शाहीले बताउनु भयो ।

एक महिनादेखि जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सीजन पलान्टलाई अक्सीजन भर्न पठाएको भए पनि पलान्ट विग्रीएका कारण दिन नसकिएको जानकारीपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल, बाजुराका प्रमुख समिता पुनले  पलान्टमा अक्सीजन भर्ने यन्त्र एक महिनादेखि विग्रिएको र १४ / १५ ओटा अक्सीजन सिलिण्डर स्टक रहेको भए पनि कोल्टी स्वास्थ्य केन्द्रबाट ढिलो गरी अक्सिजन माग भएकोले पठाउन नसकिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘आज विहान मात्रै स्वास्थ्य कार्यालबाट खवर प्राप्त भएको हो । स्टक भएको सिलिण्डर लैजान भनेका थिएउ । तर, सिलिण्डर लिनका लागि कोही आउनु भएन् ।’

जिल्ला अस्पताल, बाजुरामा कार्यरत डाक्टर चेतबहादुर धामीलाई  ८ / १० दिन अगाडि अक्सीजन सिलिण्डरका लागि बुझ्दा स्टक सिलिण्डर नभएको बताउनु भएको भए पनि आज मात्रै जिल्ला अस्पतालमा १४ र १५ ओटा सिलिण्डर स्टक रहेको जानकारी पाएको बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजंग शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो– दुर्गमबाट बिरामी  आउछन् । बिरामीलाई रिफर गरेर महङ्गो ठाउँमा पठाउन रहर नभए पनि जिल्ला अस्पताल, बाजुराले सहयोग नगर्दा बाध्य भएर पठाउनु पर्ने भयो । हामीलाई दुई ओटा सिलिण्डर भए समस्या समाधान हुन्थ्यो । तर,  एक हप्ता पहिलादेखी नै जिल्ला अस्पतालसँग सहयोग माग्दा सहयोग पाइएन् ।’

जिल्ला अस्पतालमा रहेको अक्सीजन पाल्न्ट विग्रिएको र बिग्रेको यन्त्र बनाउने मान्छे माघ ६ गते साझँसम्म आइपुग्ने भएकाले आइतबार माघ ७ गते कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सिलिण्डर पठाउन सकिने जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताउनु भयो ।

अन्य

भिडियो