३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २ गते कौडेना गाउँपालिका–६ इनरवाका ३१ वर्षीय नविन कुमार चौधरी विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई पुस २४ गते पीडितकै घरमा आइ बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण माघ २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।
उजुरी पश्चात आरोपित चौधरी फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।