INSEC Online

📅 २०८३ जेष्ठ २१

साँफे–मेल्लेख जोड्ने सडक निर्माण कार्य गुणस्तरहिन, सडकमा बलौटे माटोको प्रयोग

साँफेबगर नगरपालिकाको जनकल्याण माविदेखि मेल्लेख गाउँपालिकाको प्रवेशद्धारासम्म जोड्ने सडकमा बलौटे माटो प्रयोग गरेर निर्माण कार्य भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा निर्माण हुन लागिएको सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण नगरी सडकमा प्रयोग गरिएको छ ।

नाति कन्स्ट्रक्सन प्रा.लि.द्धारा निर्माण थालिएको सडकमा निर्माण पक्षले माटोको ल्याब परीक्षण नगरेरै सडकको अधिकांश भागमा माटो पटानी गरेको छ । निर्मार्णाधिन सडकबाट माटो उत्खनन् गरी रातीको समयमा धमाधम पटानी हुँदै आएको छ ।

साँफेबगरको जनकल्याणदेखि मेल्लेख गाउँपालिकाको प्रवेशद्धारासम्म जोड्ने सडककोे गुणस्तरीयताप्रति नगरपालिकाको ध्यानाकर्षण भएको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवलले बताउनु भयो ।

photo20240118achham (2)

उहाँले भन्नु भयो– यो प्रदेशको योजना हो । हामीले अनुगमन गर्न मिल्दैन् । तैपनि सडकको गुणस्तरीयताप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पूर्वाधार कार्यालय साँफेबगरका प्रमुख रुद्र वोगटीलाई फोन गरेर उक्त पटानी तत्काल रोक्न समेत निर्देशन दिएको छु ।

सडक निर्माण भएको स्थलमा पुगेका नगर प्रमुख कुँवरले निर्माण पक्षले सडकमा माटो पटानी गर्दा मापदण्ड विपरित काम भएको बताउनु भयो ।

नाति कन्स्ट्रक्सन प्रा.लिका प्रवन्धक निर्देशक गणेश महर्जनले निर्मार्णाधिन सडकमा ढुंगा र माटोको मात्रा मिलाएर नै पटानी भएकोले गुणस्तरीय काम भइरहेको बताउनु भयो । केही कमजोरी भएमा स्थलगत अध्ययन गरेर सच्याउन तयार रहेको प्रवन्धक निर्देशक महर्जनको भनाइ रहेको छ ।

पूर्वाधार कार्यालय, साँफेबगरका प्रमुख रुद्र वोगटीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताउनु भयो । निर्माण पक्षले अनिवार्य दुई पटक माटोको ल्याब परीक्षण गर्नु पर्ने प्रावधान छ । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नु भन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगत रूपमा माटोको परीक्षण गरिन्छ । पूर्वाधार कार्यालयका माटो परीक्षण गर्ने व्यक्ति अहिले जिल्ला वाहिर रहेको कार्यालय प्रमुख वोगटीको भनाइ छ ।

o
o

माटो परीक्षण गर्ने व्यक्ति जिल्लामा आएपछि माटोको ल्याब परीक्षण गर्दा उपयुक्त नभए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनु पर्ने र निर्मार्णाधिन सडकमा बलौटे माटो प्रयोग भएको जनगुनासो आएको उहाँले बताउनु भयो । सडकमा पटानीको कार्य रोक्नको लागि आफूले निर्माण पक्षलाई जानकारी गराइसकेको बताउँदै आज नै कार्यालयबाट पत्राचार गरीने कार्यालय प्रमुख वोगटीको भनाइ छ ।

पूर्वाधार कार्यालयसँग यो वर्षमा खडकको वेश निर्माण, नालि र फराकिलो बनाउनु पर्ने सम्झौता रहेको छ ।

अन्य

भिडियो