२१ वर्षीया युवतीलाई बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका २१ वर्षीय फूर्पा तामाङलाई जिल्ला अदालतले १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले भदौ ८ गते यस्तो सजायको फैसला गरेको हो ।
पीडित युवतीलाई तामाङले ०७० चैत १४ गते ललाइफकाई भारतमा विक्री गर्न लगेको भन्दै ०७२ असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।
पीडित युवतीको उजुरीको आधारमा आरोपित तामाङलाई प्रहरीले ०७२ असोज २५ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो ।