अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–२ का ४५ वर्षीय तुपुवाली काइलो भनिने धनबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई महिलालाई आरोपितले ०८० मङ्सिर २२ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २२ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको लगत्तै फरार भएका आरोपितलाई चैनपुर नगरपालिका–२ बाट पुस २७ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, चैनपुरका इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा मङ्सिर २८ गते गरिएको छ ।