INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कोशी प्रदेशको चालु चौथो अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को पुस २५ गतेको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु चौथो अधिवेशन पुस २५ गते राती १२ बजेदेखि अन्त्य गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार पुस २५ गते राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो  ।

कोशी प्रदेशसभाले ०८० पुस २४ गते कोशी प्रदेशको सभामुख निर्विरोध निर्वाचित गरेको थियो । कोशी प्रदेशसभाको चालु अधिवेशनले चार वटा विधेयक पारित गरेको छ । एउटा ऐन संशोधन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ  ।

प्रदेशसभाको चौथो अधिवेशनले कोशी प्रदेश सायमयिक राजश्व सङ्कलन ऐन २०८०, कोशी प्रदेशसरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०८०, आर्थिक वर्ष २०८०।८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चियत कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, र  प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश निजामती ऐन संसोधन भएसँगै कोशी प्रदेशमा कर्मचारी भर्नाको बाटो खुलेको छ ।

अन्य

भिडियो