INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा दुई पक्ष बीच झडप

सिरहा कारागारमा कैदीहरूका दुई पक्ष बीच ०८० पुस १८ गते झडप भएको छ ।

सिराह जिल्ला कारागारमा भएका कैदीहरूका चौकीदारलाई हटाएर नयाँ चौकीदार बन्नका लागि दुबै पक्षका कैदीहरू बीच झडप भएको हो ।
मोहमद सकिल हुसैनका समूहले आफूलाई कारागारको चौकीदार बनाउनको लागि कारागार भित्र खाना पकाउन राखिएका दाउराका चिरपटहरूले अहिलेका चौकीदार कैलाश ठाकुरको समूहलाई प्रहार गर्दा एक जना कैदी गम्भिर घाइते भएको र दुई जना सामान्य घाइते भएको र उनिहरुको उपचार सिरहा स्थित प्रादेशिक अस्पतालमा भए पनि एकजनालाई थप उपचारको लागि बिराटनगर रेफर गरेको कारागारका सूचना अधिकारी राजगिर साहले बताउनु भयो । घाइते हुनेमा चोरी मुद्दाका २३ वर्षीय सुनिलकुमार साह, खुनी डाका तथा कर्तव्यज्यान मुद्दाका ४१ वर्षीय मोहमद सकिल हुसैन र डाका र संगठित अपराधका ३३ वर्षीय जिवछकुमार साफी रहेका छन । गम्भिर घाइते सुनिललाई कारागार सरुवा पुस १९ गते मोरगंमा गरीएको र थप उपचार मोरंग कारागारले गराएको सूचना अधिकारी साहले बताउनु भयो । अन्य घाइते सहित झगडीयाहरूलाई पुस १८ र १९ गते १० जनालाई मकवानपुर कारागार सरुवा गरीएको साहले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी टेकुनन्द इवा लिम्बुले घटनाको जानकारी हुना साथ प्रहरी परीचालन गरी घटनास्थल नियन्त्रणमा लिएको बताउनु भयो । झगडीयाहरूलाई कारागार सरुवा गरिएको र अहिले कारागारको अवस्था सामान्य रहेको बताउनु भयो ।

अन्य

भिडियो