INSEC Online

📅 २०८३ जेष्ठ २१

बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यूआदेश जारी

बरहथवा नगरपालिका–५ स्थित नगरपालिकामा प्रथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा प्रदर्शनकारी र प्रहरी बीचमा भएको झडपबाट उत्पन्न द्वन्द्व नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले ०८० पुस २० गत बेलुका ०५ः३० बजेदेखि ०८० पुस २१ गते बिहान ८ बजे सम्मको लागी कर्फ्यू आदेश जारी गरेको छ ।

बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने सम्बन्धी विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावीत जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनु भयो ।

बरहथवा नगरक्षेत्र (उत्तरमासोती/चोर्निया पुली, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनसमान मन्दिर र पुर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिड्डुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (९१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ । उक्त आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यक्ता अनुसार बल प्रयोग गरी कानुन अनुसार कारबाही समेत गर्न सक्ने उहाँले जानकारी दिनु भयो ।

अन्य

भिडियो