INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाउँपालिका-४ का ३७ वर्षीय सुमन लिम्बूलाई पुस १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८० पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १९ गते इलाका प्रहरी कार्यालय, धुलावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा पुस १९ गते गरिएको छ ।

अन्य

भिडियो