INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका-१० का ५५ वर्षीय पदम मगरलाई पुस १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

पीडित बालिकको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा पुस १७ गते गरिएको छ ।

अन्य

भिडियो