INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया, २२ वर्षीया र २३ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा बनेपा नगरपालिका-७ का ४२ वर्षीय चञ्चला महत विरुद्ध उजुरी दर्ता इलाका प्रहरी कार्यालय, बनेपामा ०८० पुस १७ गते उजुरी दर्ता भएको छ ।

पीडितहरूलाई आरोपितले आर्थिक प्रलोभनमा पारी बनेपा नगरपालिका-७ को एक होटलमा बोलाएर जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै पीडितहरूले पुस १५ गते मौखिक उजुरी दिनुभएको थियो ।

पीडितहरूले दिनुभएको मौखिक उजुरीको आधारमा  आरोपितलाई प्रहरीले पुस १५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राज कुमार श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो । डिएसपी श्रेष्ठका अनुसार युवतीहरूलाई उद्धार गरी प्रहरीले सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडितहरूको स्वास्थ्य परीक्षण पुस १५ गते धुलिखेल अस्पतालमा भयो । आरोपितलाई पुस १७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो