INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–४ का २१ वर्षीय राउत लोनिया र सोही ठाँउका  २१ वर्षीय रामुधन अहिरलाई पुस १७ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्धयले  असोज ६ गते बलात्कार गरेको भन्दै पीडितले पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १७ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो