INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-९ मागुरमाणीका २८ वर्षीय भुपाल विकलाई पुस १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय धुलावारीमा सोही दिन उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल भद्रपुरमा पुस १७ गते गरिएको छ ।

अन्य

भिडियो